स्पेन, असार २८ - उत्तरी स्पेनको पाम्प्लोनामा हरेक बर्ष सान फेर्मिन फेस्टिबल आयोजना हुन्छ । जुलाई महिनाको ६ देखि १४ तारिखसम्म यो उत्सव मनाइन्छ । धार्मिक कारणले मनाइने यो चाडको अहिले भने फरक कारणले चर्चा हुन्छ ।
फेर्मिन फेस्टिबलमा हुने साँढे दौडको कारण यसको बढी चर्चा हुने गरेको छ । ६ वटा साँढेको अघि अघि सयौं मान्छे पाम्प्लोनाका पुराना र साना गल्लीहरु दौडिन्छन् । साँढेले मानिसलाई लखेटेको दृश्य हेर्न र त्यसको अघि अघि दौडन विश्वभरबाट पर्यटकहरु यो समय स्पेन पुग्ने गरेका छन् ।
पोर्चुगल, फ्रान्स, मेक्सिको र स्पेनको विभिन्न स्थानमा पनि यस्ता साँढे दौड हुने भए पनि सान फेर्मिन फेस्टिबलको साँढे दौड भने बढी चर्चा हुने गरेको छ ।
तस्विर : रोयटर्स/एपी










Post a Comment

 
Top