विहीबार बसेको स्थायी एमाले स्थायी कमिटी बैठकले एमालेले सुरु गरेका राष्ट्रिय गौरवका आयोजनासमेत प्राथमिकतामा नराखेको ठहर गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग संवाद गरेर आफ्नो सिफारिस समावेश नगरे बजेट पास नगर्ने निर्णय समेत एमालेले गरेको एमाले सचेतक अग्नी खरेलले बताए ।
प्रधानन्त्री कोइराला र अर्थमन्त्री महतसँग आजै वार्ता गर्न एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्निप्रसाद खरेल रहेको टोलीलाई जिम्मा दिएको छ ।
प्रधानन्त्री कोइराला र अर्थमन्त्री महतसँग आजै वार्ता गर्न एमालेले उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्निप्रसाद खरेल रहेको टोलीलाई जिम्मा दिएको छ ।

Post a Comment