ताप्लेजुङ, श्रावण ३ - ताप्लेजुङको साँवा गाउँ विकास समितिमा हिजो शनिबार साँझ साढे ६ बजेतिर एक १४ वर्षे बालकको हत्या भएको छ ।
साँवा ४ बस्ने १४ बर्षका सुमन लिम्वुलाई हतियार प्रहार गरी मारेको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार लिङतेपबाट पसलको सामान लिएर जाँदै गरेको पाँच जनाको समूहमध्येका सुमनको त्यही समूहबाट हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  प्रहरीले अनुप साँवालाई पक्राउ गरेको छ ।
भाग्दै गरेका उनको हातमा रगत लागेको देखेपछि प्रहरीले सोधेको थियो । सुरुमा जुकाले टोकेको भनेर भाग्न खोजेका थिए । सोही गाविसका प्रेम कुमार थलङ लगायतका फरार रहेका छन् । ‘मादक पदार्थ सेवन गरेको र आपसी विवाद भएजस्तो देखिन्छ, तथ्य विवरण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ ।,’ कोइरालाले भने ।

Post a Comment

 
Top