काठमाडौं । टी–२० बिश्वकप छनोट खेलको दौडाहमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका एक डाक्टरबिरुद्ध यौन दुब्र्यबहारको आरोपमा पक्राउ परेका छन् । फिजियो डा.अइजाज बसिर असाईलाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको छ । ४२ बर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक अंगमा छोएको आरोप लगेको छ । उनी भारतीय नागरिक हुन ।नेपाली टोलीसँगै आयरल्याण्डमा रहेका बसिरलाई बुधबार त्यहाँको अदालतमा उपस्थित गराइएको थियो ।
बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइए बसिरका हातमा हत्कडी समेत लगाइएको थियो ।
बसिरले नेपाली टोली बसेको ला मोन होटलमा कार्यरत महिलामाथी यौनजन्य ब्यवहार गरेका थिए ।
बसिरले लगत्तै ति महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ति महिलाले अस्वीकार गरिन ।
Post a Comment