२ साउन, काठमाडौं । लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो ।
खराब प्रदर्शन गरेको नेपाल ६ खेलबाट ३ अंकसहित समूह एको छैटौं स्थानमा झरेको छ । ४ अंकका साथ पाँचौं स्थानमा उलिक्लएको जर्सीको भने सम्भावना कामयै छ ।
डब्लिनमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।
नेपालको ब्याटिङ फेरि एक पटक असफल रहृयो । सातौं नम्बरमा ब्याटिङ गरेका डेब्यू ब्वाइ सिद्धान्त लोहनीले आक्रामक पारी खेल्दै नेपालको स्कोर एक सय कटाए ।
उनले १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने शरद भेसवाकर १६ र पारस खड्का ११ रनमा आउट भए ,। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदिप ऐरी २, विनोद भण्डारी ३, राजेश पुलामी ४ र बसन्त रेग्मी रनमा आउट भए । सोमपाल कामी ३ र करन केसी शुन्यमा अविजित रहे ।
नाट वाटि्कन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।
१०६ रनको लक्ष्य जर्सीले १६.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसका जोन्टी जेनर र पिटर गफले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
जेनरले २६ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए भने गफले ३२ बलमा तीन छक्कासहित २७ रन बनाए ।
र्कोनिलिस र बेन स्टिभन्सले चौथो विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दै टीमलाई जित दिलाए । र्कोनिलिस २७ रनमा अविजित रहे भने स्टिभन्स १३ रनमा नटआउट रहे ।

Post a Comment

 
Top