रोजिरोटीको व्यवस्था भए को यौन पेशामा लाग्छ ?
बाग्लुङ्गबसपार्कमा यौन धन्दा बन्द भएर अन्त बिस्तार भएको छ ।
प्रहरीको सक्रियताको कारण पोखराको बाग्लुङ्गबसपार्क क्षेत्रमा संचालन हुँदै आएको यौन धन्दा बन्द भएको छ । तर यौनधन्दा भने पोखराका अन्य क्षेत्रहरुमा संचालन हुँदै आएका छन् । यौन कर्मीहरुले पनि काम पाईरहेका छन् । उनिहरुको पेशा अहिले झन बढि बिस्तारित भएको छ। 

प्रहरीको यो अभियानको बारेमा र यौन व्यबसायका बारेमा यौनकर्मीहरुको धारणा कस्तो छ भनेर बुझ्नका लागि उनिहरुसँग नै छलफल गर्ने निष्कर्षसहित यौनकर्मी समिक्षासँग(नामपरिवर्तन) छलफलमा आधारित उनको कुराकानी जस्ताको तस्तै राखिएको छ ।

‘घरमा सौताने आमा बा आमाको लहलहैमा लाग्थे दिदिको पनि उमेर नपुगी बिबाह भयो । म एसएलसीको तयारीमा जुटेको थिएँ । टेस्ट परिक्षा दिएर बसेको मेरो घरमा बिहेको कुरा चलिरहेको थियो । तर मलाई बिहे गर्न मन लागेको थिएन । एसएलसी दिएकै दिन काठमाडौँतिर हानिए साथमा एक हजार रुपैयाँ मात्र थियो । 

काठमाडौमा केहि दिन काम गरेँ त्यहाँ काम गरेको पैसाले मलाई कोठा भाडा तिर्न पनि पुग्थेन । काठमाडौमा नै गाउँका साथीहरुसँग भेट भयो । साथीहरु काठमाडौमा बाँच्न नसकिने निष्कर्षसहित पोखरा जाने योजना बनाएका थिएँ । मेरो कमाईले म बाँच्न सक्ने स्थितीमा थिईन । उनिहरुको आश्रय लिएर म बसेको थिएँ । मेरो जिवनको त्यसबेला सम्मको सबैभन्दा ठुलो चाहना भनेको फेवाताल हेर्ने थियो । काठमाडौँमा आफुलाई बाँच्न गाह्रो भईरहेको थियो । उसो पनि फेवाताल हेर्ने रहरले र साथीहरुको लहलहैमा लागेर पोखरा आएँ । ’
उनि अलि भाबुक हुँदै भनिन् – ‘ रहरहरुमा थुप्रै बाध्यता निम्तीदारहेछन दाई ! फेवाताल हेर्न पोखरा आएको मेरो फेवाताल हेर्ने सपना त पुरा भएन तर बाहिरी संसारमा रमाउने तागत पनि मसँग भएन । तँपाईलाई पत्यार नलाग्न पनि सक्छ , पोखरा आएपछि मात्र मेरो कुमारित्व तोडीएको थियो । 

कण्डमको बारेमा मैले पढेको थिए तर पोखरा आएपछि कण्डम यस्तो हुन्छ भनेर देखेँ । बाग्लुङ्ग बसपार्ककको एउटा होटलमा तिनमहिनासम्म म कोठामा थुनिएर बसेँ ।
तिन महिना कटाउन मलाई थुप्रै्र बर्ष कटाएको भान भएको थियो । रहरले निम्त्याएको बाध्यतासँग मेरो पश्चताप थियो तर पश्चताप गर्नका लागि समय र उचित ठाउँ थिएन । नयाँ ठाँउ , नयाँ पेशा , नयाँ मान्छेहरुको बिचमा मैले मेरा असहमती राख्ने आँट नै गर्न सकिन । मैले दिनमा दश जना ग्राहकहरुलाई गरेको सेवाबाट पैसा कमाएको साहुले मलाई पैसा पनि दिदैन थियो ।

तिन महिना बस्दा मैले त्यहाँको परिस्थिती बुझिसकेको थिए । त्यसपछि मैले त्यहाँबाट निस्कने योजना बनाए । तर होटलको साहुले सजिलै निस्कन दिदैन थियो । न पैसा दिन्थ्यो न निस्कन दिन्थ्यो । 

मैले साहुलाई मुद्दा हाल्ने योजना बनाए । त्यो बेलासम्म मेरो प्रहरीहरुसँग पनि चिनजान भएको थियो । मेरो योजना थाहा पाएपछि साहु पनि पछाडी हट्यो । म त्यहाँबाट निस्किए तर अझै पनि मैले त्यो होटलमा ७० हजार रुपैयाँ लिन छ । ’

‘शिक्षित अशिक्षित सबै प्रकारका यौनकर्मीहरु यौनधन्दामा सहभागी छन् । यौनकर्मीहरुका पनि थुप्रै समस्याहरु छन् । मैले यौन धन्दा छाडेपछि पोखराका थुप्रै ठाउँमा काम खोज्नको लागि हिडेँ तर तिनहजार पैँतिससय भन्दा बढीको काम पाउन सकिएन । तँपाई नै भन्नुस दाई तिनहजार पैँतिससयामा पोखरामा बाँच्न सकिन्छ कि सकिदैन ? त्यसपछि बाग्लुङ्ग बसपार्कको एकजना दाईको होटलमा मैले काम गर्न थालेँ तर त्यो समय यौन कार्यमा संलग्न भईन । 

त्यसपछि पुलिसहरुले बाग्लुङ्ग बसपार्क बन्द ग¥यो र म बाहिर बस्दै आएको छु ।
होटल पनि बन्द भएपछि बाँच्नको लागि केहि त गर्न प¥यो भन्दै फेरी यहि पेशा अँगाल्ने निष्कर्ष निकालँे । म अहिले पनि छाडा रुपमा यौन व्यबसाय संचालन गर्दै आएको छैन । म सँग सम्पर्कमा केहि ग्राहकहरु छन् उनिहरुसँग मात्र मैले काम गरिरहेको छु । एकदिनमा एकजनासँग मैले बढिमा २५ हजार रुपैयाँसम्म लिएको छु । मलाई त खासै समस्या परेको छैन् । म पैसावाला मान्छेसँग मात्र जान्छु । मेरो बानीका कारण पनि ग्राहकहरु सन्तुष्ट छन् । ग्राहकहरुले नै मलाई यो पेशा छाड्नको लागि सुझाब दिएका हुन्छन् । तर लो क्लासका ग्राहकहरुसँग काम गर्दा मेरो साथीहरुले थुप्रै प्रकारका समस्या पाएका अनुभुतिहरु पनि सुनाएका छन् ।

Post a Comment

 
Top