नुवाकोट : आर्थिक वर्षको अन्त्यमा बजेट सक्न रातारात कालोपत्रे गरिएको नुवाकोटको विदुर नगरपालिकाको सडक कालोपत्रे गरेको ४८ घण्टामै उप्किएको छ ।
नुवाकोटको एकमात्र विदुर नगरपालिकाले जगेडा कोषको रकम र स्थानीय सहभागितासहित ५० लाख रुपैयाँमा इनारपाटी–तल्लो पिपलटार सडकखण्ड गरिएको पिच दुई दिनमै उप्केर खाल्डो बनेको हो ।
चैतमै सक्ने गरी सम्झौता भएको यो योजना भूकम्प र वर्षातका कारण अघि ढिलो सम्पन्न भएको थियो ।
पिच सुक्न नपाउँदै बढी भारका गाडी सञ्चालन गर्दा दुई दिनमा नै उप्किएको हो । स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा ग्रामीण विकास तथा शसक्तीकरण केन्द्र रुडेक नेपालले गरेको कार्यक्रममा पानी चुहाउँदै गुड्ने ट्रिपरले पिच उप्केको बताइएको थियो ।
च्वाडी उच्च मावि पछाडि रहेको अबैध खानीबाट बालुवा ओसार्ने ट्रिपरले पानी चुहाउँदै क्षमता भन्दा बढी भार बोकेका गाडी नसुकेको पिचमा गुडेपछि समस्या भएको बताएका छन् ।

जगेडा कोष र स्थानीय उपभोक्ताको रकमबाट ५०/५० लाख रुपैयाँ निर्माण भएको त्रिशूली बसपार्क र इनारपाटी–तल्लो पिपलटार सडकको काम गुणस्तरहीन पाइएको उपभोक्ता तथा स्थानीय शासन तथा उत्तरदायी संयन्त्रका नुवाकोट कार्यक्रम संयोजक अमित गजुरेलले बताए ।
एमाले नुवाकोटका उपसचिव बुद्धि प्रधानले जगेडा कोषमा सञ्चालन योजना स्थानीय उपभोक्ताको ४० प्रतिशत रकम लगानी गर्नुपर्ने र उपभोक्ता समितिबाटै काम गर्नुपर्ने हुँदा पूर्वाधार निर्माण फितलो र पारदर्शिता कमजोर भएको बताए ।
विदुर नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काले त्रिशुली बसपार्कको निर्माण चित्त बुझ्दो आएपनि इनारपाटी–तल्लो पिपलटार सडक खण्डको भने पिच गरेको दुई दिनमै उप्किएको नगरपालिकालाई पनि जानकारी रहेको बताए ।
उनले अबैध बालुवा उत्खनन गर्नेलाई बोलाएर उप्किएको पिच मर्मतको जिम्मा लगाउन नगरपालिकाले छलफल गरेको बताए ।

Post a Comment