एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई) मा एक बाबुले आफ्नो चार वर्षको छोरालार्इ कारमा बन्द गरेर निकाल्न भुल्दा बालकले ज्यान गुमाउन पुगेका छन् ।
ती बालकको लामो समय बन्द कारमा रहनुपर्दा चर्को गर्मीले श्वासप्रश्वास बन्द भएर ज्यान गएको छ ।
शारजाहको अल रमसा इलाकामा शुक्रबार आफ्नो छोरालार्इ लिएर घर फर्केका बाबुलार्इ छोरालार्इ कारबाट निकालिसकेको भ्रम पर्दा बालकको ज्यान गएको हो ।
छोरालार्इ कारबाट निकालिसकेको ठानेर ती बाबुले कारलार्इ लक गरिदिए । समाचार साइट खलिज टाइम्सका अनुसार कार उनको घर भन्दा बाहिर पार्किङ गरिएको थियो
प्रहरीले ती बालकलार्इ कारमै मृतअवस्थामा फेला पारेको पुष्टि गरेको छ ।
कारबाट निकालेर बालकलार्इ तत्कालै अल खेजामीस्थित अल कासिमी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकहरुले बालकलार्इ मृत घोषित गरिदिए ।
शरजाह पुलिसले यो घटनापछि कार तथा अन्य सवारी साधनभित्र बालकलार्इ एक्लै नछाड्न चेतावनी दिएको छ । अघिल्लो वर्ष पनि शारजाहमा यस्तै घटना बाहिर आएको थियो ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment