दयाराम आचार्य/ साउन-२, नवलपरासी ।आर्थिक बर्ष ०७१/०७२ मा नवलपरासीमा सवारी दुर्घटनामा परी १ सय एक जनाको ज्यान गएको छ । ०७१ श्रावण देखि ०७२ असार मसान्त सम्म भएका २ सय आठ सवारी दुर्घनामा परी १ सय १ जनाको ज्यान गएको हो । आर्थिक बर्ष ०७१/०७२ मा सबै भन्दा बढि १ सय १९ वटा मोटरसाईकल दुर्घटनामा परेका छन । यस्तै ३८ वटा ट्रक ७१ वटा बस, ४४ वटा जिपकार , १६ वटा ट्याक्टर ५३ वटा शारिरिक श्रम बाट चल्ने साधन र अन्य २ वटा सवारी साधन गरी जम्मा २ सय ९१ वटा सवारी साधन दुर्घटना मा परेका छन । सवारी साधन दुर्घटनामा परी ७५ जना पुरुष ,२० जना महिला र ६ जना बालवालिकाको ज्यान गएको छ । यस्तै २ सय ११ जना गम्भिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका पदम बडुले जानकारी दिनु भयो । गत आर्थिक बर्षमा सबै भन्दा बढि आश्विन महिनामा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको थियो ।

Post a Comment

 
Top